क) हस्तकला प्रबद्र्धन ः स्थानीय स्तरमा प्राप्त हुने ढुंगा, माटो, काठ, कपास, धातुजन्य वस्तुहरु तथा प्राकृतिक श्रोतहरुको प्रयोग गरी कलात्मक वस्तु निर्माण गर्ने कार्यलाई प्रबद्र्धन एवं विकास गरी बजार सापेक्ष स्थापित गर्न प्रदान गरिने ऋणलाई हस्तकला प्रबद्र्धन ऋण भनिन्छ । यस्ता ऋणहरु सामान्यतया एकवर्ष भन्दा बढि अवधिको प्रदान गरिनेछैन । उत्पादनको प्रकृति र उपलब्ध बजारको विश्लेषणका आधारमा संस्थाले कुनै उत्पादन विशेषलाई छोटो समय छुट अवधि (ग्रेस अवधि) प्रदान गर्न सक्नेछ भने व्याज निर्धारण औसत भन्दा कम कायम गरिनेछ ।
ख) लघु उद्योग ः अगरबत्ती, मैनबत्ती, चाउमिन, सस, पाउरोटी, आदी जस्ता स्थानीय बजारको आवश्यकता अनुरुपका वस्तुहरु स्थानीय स्तरमा नै उत्पादन गर्ने गरी स्थापित वा स्थापना गर्ने उद्देश्यले प्रस्तावित उद्योगको सम्भावनाका आधारमा सदस्यहरुलाई लगानी गरिने ऋणलाई लघु उद्योग ऋण भनिन्छ । आन्तरिक उत्पादन मार्फत आयात प्रतिस्थापन गर्न ऋण लगाीको प्रक्रिया, व्याजदर, भुक्तानी अवधि, आदी जस्ता पक्षहरुलाई सरल र सहज यस्तो ऋण मागकर्ता सदस्यहरुले आफूले सञ्चालन गर्ने फर्म सम्बन्धित निकायमा दर्ता गरेको हुनु पर्नेछ । यस्तो ऋणमा लागत (व्याज र शुल्कहरु) निर्धारण गर्दा औसत व्याज दर भन्दा कम हुने गरी निर्धारण गरिनेछ ।
ग) साना तथा मझौला उद्योग ः प्रशोधन उद्योगहरु (कुटानी, पिसानी, गारमेन्टस, बेकरी, आदी) को स्थापना, प्रबद्र्धन र विकासको लागि लगानी गरिने ऋणहरुलाई साना तथा मझौला उद्योग क्षेत्रमा लगानीको रुपमा गणना गरिनेछ । यस्तो ऋण मागकर्ता सदस्यहरुले आफूले सञ्चालन गर्ने फर्म सम्बन्धित निकायमा दर्ता गरेको हुनु पर्नेछ । यस्तो ऋणमा लागत (व्याज र शुल्कहरु) निर्धारण गर्दा औसत व्याज दर भन्दा कम हुने गरी निर्धारण गरिनेछ ।
घ) सेवा व्यावसाय ऋण ः होटल, परामर्श केन्द्र, क्लिनिक सञ्चालन, तालिम वा श्रोत केन्द्र सञ्चालन, आदी जस्ता सेवामूलक व्यवसायहरु स्थापना, प्रबद्र्धन तथा सञ्चालनको लागि प्रदान गरिने ऋणलाई सेवा व्यावसाय ऋण भनिन्छ । यस्तो ऋण मागकर्ता सदस्यहरुले आफूले सञ्चालन गर्ने फर्म सम्बन्धित निकायमा दर्ता गरेको हुनुपर्नेछ । यस्तो ऋणमा लागत (व्याज र शुल्कहरु) निर्धारण गर्दा औसत व्याज दर भन्दा बढी नहुने गरी निर्धारण गरिनेछ ।
क) कृषिजन्य व्यापार ः अप्रशोधित कृषिजन्य उत्पादनको खरिद बिक्रीको कारोबार गर्ने व्यवासायलाई कृषिजन्य व्यापार भनिन्छ । कृषिजन्य व्यापार सञ्चालनको लागि पूर्वाधार वा संरचना निर्माण एवं सञ्चालन पुँजी लगायतका क्षेत्रमा सदस्यको आवश्यता र क्षमताको आधारमा प्रदान गरिने ऋणलाई कृषिजन्य व्यापार ऋण भनिन्छ ।
ख) पशुजन्य व्यापार ः पशुजन्य वस्तुहरुको खरिद तथा बिक्री गर्ने कार्यलाई पशुजन्य व्यापार भनिनेछ । पशु पंक्षिका दाना, अण्डा, मासु, वा जीवित पशुपंक्षीहरुको खरिद बिक्री गर्ने व्यापारको स्थापना, विकास र सञ्चालनमा आवश्यकता तथा संभावना एवं सदस्यहरुको क्षमताका आधारमा लगानी गरिने ऋणलाई पशुजन्य व्यापार ऋण भनिनेछ ।
ग) दैनिक उपभोग्य वस्तु व्यापार ः किराना तथा अन्य दैनिक उपभोग्य वस्तुहरुको खरिद तथा बिक्री गर्ने व्यवसायको प्रबद्र्धनमा प्रदान गरिने ऋणलाई दैनिक उपभोग्य वस्तु व्यापार ऋण भनिनेछ ।
घ) निर्माण सामाग्री व्यापार ः भवन तथा अन्य भौतिक संरचना निर्माणमा आवश्यक सिमेन्ट, छड, जस्तापाता, धारा, पाईप लगायत निर्माण कार्यमा प्रयोग हुने अन्य हार्डवेयर सामाग्रीहरुको खरिद बिक्रीको व्यवासाय स्थापना, प्रबद्र्धन एवं सञ्चालनमा प्रदान गरिने ऋणलाई निर्माण सामाग्री व्यापार ऋण भनिनेछ । यस्तो ऋण माग गर्ने सदस्यले अनिवार्य रुपमा स्थायी लेखा नम्बर दर्ताको प्रमाणपत्र र चालु व्यावसायको हकमा कर चुक्ताको प्रमाणपत्र अनिवार्य रुपमा पेश गर्नु पर्नेछ । यस्तो ऋणमा व्याज दर निर्धारण गर्दा औसत व्याजदर भन्दा कम नहुने गरी निर्धारण गरिनेछ ।
ङ) घरजग्गा कारोबार ऋण ः घरजग्गाको खरिद बिक्री वा घर निर्माण गरी बिक्री गर्ने वा हाउजिङ्ग व्यवसाय गर्ने उद्देश्यको लागि संस्थाले ऋण लगानी गर्दा यस शिर्षकमा कुल ऋण लगानीको १० प्रतिशत भन्दा बढि नहुने गरी लगानी गर्नेछ । यस्तो ऋणको अवधि बढिमा १० वर्षसम्म निर्धारण गर्न सकिनेछ । तर छोटो अवधिको ऋणलाई प्रोत्साहित गर्ने नीति अबलम्बन गर्नु पर्नेछ । यस्ता ऋणमा व्याज निर्धारण गर्दा संस्थाको सबै भन्दा माथिल्लो व्याजदर कायम गरिनेछ ।
च) स्टेशनरी (शैक्षिक सामाग्री) व्यापार ः शिक्षा तथा खेलकुदका गति विधिसँग सम्बन्धित सामाग्रीहरुको स्थापना, प्रबद्र्धन र सञ्चालनमा प्रदान गरिने ऋणलाई स्टेशनरी व्यापार ऋण भनिन्छ । यस्ता ऋणहरु सामन्य तया मध्यम अवधिको लागि लगानी गरिनेछ । यस्तो ऋणमा व्याजदर निर्धारण गर्दा औसत व्याजदर भन्दा कम हुने गरी निर्धारण गरिनेछ ।
कृषि ऋण अन्तर्गत सबै शिर्षकका ऋणमा सिफारिश गरिएको जात, माटोको परीक्षण र बाली सम्बन्धी ज्ञानको प्रमाण अनिवार्य रुपमा पेश गर्नुपर्नेछ । साथै कृषि बीमाको उपलब्धता भएका स्थानमा अनिवार्य रुपमा कृषि बीमा गराउनु पर्नेछ । कृषि व्यवसाय अन्तर्गत देहायका शिर्षकमा ऋण लगानी गरिनेछ ।
क) तरकारी तथा मौसमी खेती ः स्थानीय स्तरमा सम्भावनायुक्त तरकारी बाली तथा अन्य मौसमी उत्पादनहरुको लागि सदस्यहरुलाई भौगोलिक अवस्थिति अनुरुपको उत्पादनमा क्रियाशिल बनाई सानो लगानी मार्फत छोटो समयमा नै आयआर्जन वृद्धि गराउने र भू–उपयोगमा प्रोत्साहित गर्न प्रदान गरिने ऋणलाई कृषि तरकारी तथा मौसमी खेती ऋण भनिनेछ । सदस्यहरुले आफ्नो नीजि स्वामित्व वा एकाघर सँगोलको जग्गा वा भाडा भुक्तान गर्ने शर्तमा जग्गा व्यवस्थापन गरे पश्चात मात्र यस्ता ऋणहरु प्रदान गरिनेछ । यस्ता ऋण लगानी गर्दा सदस्यको सम्बन्धित खेतीसँगको अनुभव, तालिम र कृषि कार्यालयले सिफारिश गरेका जाती प्रजातीका खेतीलाई प्राथमिकता दिईनेछ भने ऋणमा व्याजदर निर्धारण गर्दा तत्काल कायम रहेको ऋणको औसत व्याज दर भन्दा ०.५% कम हुने गरी निर्धारण गरिनेछ ।
ख) फलफूल तथा बागवानी ः फलफूल खेती वा फलफूलका बेर्ना उत्पादन र बिक्री गर्ने व्यवासायलाई फलफूल तथा बागवानी व्यावसाय भनिनेछ । यस्तो कार्यको लागि जग्गा भाडामा लिने, खरिद गर्ने जस्ता प्रारम्भिक पूर्वाधारयुक्त कार्यहरु सम्पन्न गरिसके पश्चात यस्ता ऋण प्रवाह गरिने छ । भाडामा लिएको जग्गा भएमा कम्तिमा १० वर्षको सम्झौता गरेको हुनु पर्नेछ । सदस्यको बागवानी क्षेत्रको विशेषज्ञता, सरोकारवाला निकायको सिफारिश, माटो परिक्षण प्रतिवेदन आदी विषयहरु ऋण लगानीको प्राथमिकता निर्धारणका आधार हुनेछन् । यस्ता ऋण लगानीमा संस्थाले किस्ता भुक्तानीको लागि पहिलो छ महिनासम्मको छुट अवधि प्रदान गर्न सक्नेछ ।
ग) मसलाजन्य उत्पादन ऋण ः अदुवा, अलैंची, बेसार, आदी जस्ता मसलाको रुपमा प्रयोगहुने कृषि उत्पादनलाई प्रोत्साहित गर्दै आयात प्रतिस्थापन गर्न यस्ता उत्पादनहरुमा सदस्यहरुलाई संस्थाले प्रोत्साहित गर्ने नीति अबलम्बन गर्नेछ । यस्ता उद्देश्यमा ऋण लगानी गर्दा माटो अनुरुपको उत्पादनको सम्भावना र कृषि विकास कार्यालयले शिफारिश गरेको जातको प्रयोग गर्नु पर्नेछ । यस्ता उत्पादनहरुमा व्याज निर्धारण गर्दा संस्थाको कायम रहेको औसत व्याजदर भन्दा कम हुने गरी निर्धारण गरिनेछ । उत्पादनको प्रकार र सोबाट प्राप्त हुने आम्दानीको आधारमा संस्थाले भुक्तानी अवधि र छुट अवधि निर्धारण गर्न सक्नेछ ।
घ) नगदेबाली उत्पादन ऋण ः भौगोलिक अवस्थिति अनुसार नगदे बालीमा सुचिकृत बालीहरुको उत्पादन कार्यलाई प्रोत्साहित गरी राष्ट्रिय उत्पादन एवं अर्थतन्त्रमा थप योगदान पु¥याउन उखु खेती, अम्रिसो खेती, पाट खेती लगायत सूचिकृत खेती गर्न प्रदान गरिने ऋणलाई नगदे बाली ऋण भनिनेछ । यस्ता ऋणी सदस्यहरुले जोखिम व्यवस्थापनमा सम्भावनाको खोजी गरी न्यूनतम जोखिम व्यवस्थापन गर्नु पर्दछ ।
ङ) पशुपालन ः व्यावसायिक प्रयोजनले खसी÷बाख्रा, गाई, भैंसी, भेडा, च्याङ्ग्रा, खरायो, बंगुर, आदि जस्ता पशु पालनको लागि प्रदान गरिने ऋणलाई पशुपालन ऋण भनिनेछ । यस्ता ऋण प्रवाह गर्दा सदस्यले पूर्वाधार र भौतिक संरचना विकास गरे पश्चात सदस्यको क्षमता वा संस्थाको लगानी गर्नसक्ने क्षमता वा व्यावसाय सञ्चालनको लागि आवश्यक रकम मध्ये कम सीमासम्म मात्र ऋण लगानी गर्न सकिनेछ । यस्तो ऋण प्रवाहमा निश्चित अवधिको लागि छुट अवधि निर्धारण गर्न सक्नेछ । व्यावसायिक पशुपालनको लागि ऋण लगानी गर्दा पशु बीमा र सम्बन्धित पशुपालन सम्बन्धी आधारभूत तालिम प्राप्त गरेको प्रमाणपत्र अनिवार्य शर्त हुनेछ ।
च) कुखुरा पालन (पोल्ट्री व्यवसाय) ः व्यावसायिक रुपमा अण्डा तथा मासु उत्पादनको लागि कुखुरा पालन गर्ने उद्देश्यमा प्रदान गरिने ऋणलाई कुखुरा पालन ऋण भनिन्छ । यस्तो ऋण प्रवाह गर्दा कुखुरा पालनको लागि प्राविधिकको सल्लाह बमोजिमको भौतिक संरचना (खोर) निर्माण गरि सकेपश्चात मात्र लगानी गरिने छ । अण्डा उत्पादन गर्ने प्रयोजनले कुखुरा पालन गर्ने ऋणको हकमा बढिमा ६ महिना छुट अवधि निर्धारण गर्न सकिनेछ । तर यसरी छुट अवधि प्रदान गरिने ऋणमा छुट अवधि प्राप्त नगर्ने सदस्यको भन्दा बढि व्याज कायम हुनेछ । यसरी कुखुरा पालन गर्न चाहने सदस्यले आफैंले वा एकाघर सँगोलका सदस्यले कुखुरा पालन सम्बन्धी आधारभूत तालिम प्राप्त गरेको प्रमाणपत्र पेश गर्नु पर्नेछ ।
छ) मौरीपालन ः यावसायिक रुपमा मह उत्पादनको लागि मौरीपालन गर्ने उद्देश्यमा लगानी गरिने ऋणलाई मौरीपालन ऋण भनिनेछ । यस्तो ऋण माग गर्ने सदस्यले मौरीपालन सम्बन्धी आधारभूत तालिम प्राप्त गरेको हुनु पर्नेछ । चीउरी उत्पादन हुने क्षेत्रमा मौरीपालन गर्ने सदस्यले चीउरी रोपण गर्न चाहेमा त्यस्तो कार्यको लागि समेत यसै शिर्षक अन्तर्गत ऋण प्रवाह गर्न सकिनेछ ।
क) उच्च शिक्षा ः सदस्य स्वयम् वा सदस्यका आश्रित सन्ततीहरुले उच्च शिक्षा हासिल गर्ने कार्यमा वित्तीय समस्याका कारण उच्च शिक्षा अवरुद्ध हुन नदिन संस्थाले उनिहरुको शैक्षिक प्रमाणपत्र, अध्ययन गर्न चाहेको विश्व विद्यालय वा क्याम्पसको भर्ना स्वीकृतिको पत्रका आधारमा बढिमा १० (ऋणको रकम र तिर्नसक्ने क्षमताको आधारमा) वर्षका लागि यस्तो ऋण प्रदान गर्न सकिनेछ । बाल बचत, शिक्षा बचत, सन्तती भविष्य निर्माण बचत जस्ता संस्थाले सञ्चालन गरेका बचत सेवामा संलग्न सदस्य र निजका सन्ततीको उच्च शिक्षा प्राप्तीमा प्राथमिकताका साथ लगानी गरिनेछ । १०२ उत्तीर्ण नगरेका र दुई शैक्षिक सत्र भन्दा लामो अवधि अध्ययन अवरुद्ध भएका शिक्षार्थीको हकमा यस्तो ऋण प्रदान गरिने छैन । यस्ता ऋण प्रवाह गर्दा संरक्षक वा अध्ययन गर्ने व्यक्ति स्वयम्को नियमित आम्दानीको श्रोत अनिवार्य शर्त हुनेछ ।
ख) प्राविधिक शिक्षा ः सदस्य स्वयम् वा सदस्यका आश्रित सन्ततीहरुले प्राविधिक शिक्षा हासिल गर्ने कार्यमा वित्तीय समस्याका कारण शिक्षा अवरुद्ध हुन नदिन संस्थाले उनिहरुको शैक्षिक प्रमाणपत्र, अध्ययन गर्न चाहेको शिक्षालय÷शिक्षण संस्था÷प्रतिष्ठान÷क्याम्पसको भर्ना स्वीकृतिको पत्रका आधारमा बढिमा ५ वर्षका लागि यस्तो ऋण प्रदान गर्न सकिनेछ । अध्ययन पुरा भएपश्चात आफ्नै पेशा वा व्यावसाय सञ्चालन गर्ने सम्भावनायुक्त क्षेत्र (अहेव, ल्याव, ईन्जिनियरिङ्ग, ओभरसियर, ईलेक्ट्रोनिक्स, ईलेक्ट्रिकल, अटोमेकानिकल, जेटी÷जेटीए, आदी जस्ता विषय) लाई प्राविधिक शिक्षा क्षेत्रको रुपमा निर्धारण गरिनेछ । बाल बचत, शिक्षा बचत, सन्तती भविष्य निर्माण बचत जस्ता संस्थाले सञ्चालन गरेका बचत सेवामा संलग्न सदस्य र निजका सन्ततीको प्राविधिक शिक्षा प्राप्तीमा प्राथमिकताका साथ लगानी गरिनेछ । यस्तो ऋण कम्तिमा ८ कक्षा उत्तीर्ण नगरेका र ५ वर्ष भन्दा लामो अवधि अध्ययन अवरुद्ध भएका शिक्षार्थीको हकमा यस्तो ऋण प्रदान गरिने छैन । यस्ता ऋण प्रवाह गर्दा संरक्षक वा अध्ययन गर्ने व्यक्ति स्वयम्को नियमित आम्दानीको श्रोत अनिवार्य शर्त हुनेछ ।
क) घर निर्माण तथा मर्मत ः आवासीय घर, टहरा, गोठ, शौचालय आदि निर्माण तथा मर्मत गर्ने कार्यको लागि घर निर्माण तथा मर्मत ऋण प्रदान गर्न सकिनेछ । यसरी ऋण प्रवाह गर्दा सोउद्देश्यमा लगानी गर्नुपर्ने लागतको ६० प्रतिशत भन्दा बढि भार ऋणमा नपर्ने गरी मात्र लगानी गरिनेछ । सदस्यको नियमित आम्दानी वा तिर्न सक्ने क्षमताको आधारमा यस्तो ऋणको समयसीमा संस्थाले निर्धाण गरे बमोजिम हुनेछ । यस्तो ऋणमा व्याज निर्धारण गर्दा औसत व्याजदर भन्दा कम हुने गरी निर्धारण गरिने छैन । आफ्नो स्वामित्वमा नरहेको जमिन (खेत वा घडेरी) मा यस्ता संरचना निर्माणको लागि संस्थाले ऋण लगानी गर्नेछैन । तर समुह जमानीमा लघुवित्त ऋण लगानीको लागि भने यो नीतिले बाधा पर्ने छैन । यस्तो ऋण प्रवाह गर्दा घर वा संरचना निर्माण गर्दा लाग्ने न्यूनतम समयावधिसम्म छुट अवधि प्रदान गर्न सकिनेछ । यस्तो छुट अवधि ६ महिना भन्दा लामो हुने छैन ।
ख) घर खरिद ः निर्माण सम्पन्न भई उपयोगी अवस्थामा रहेको घर तथा गोदाम खरिदको लागि घर खरिद ऋण प्रवाह गर्न सकिनेछ । यसरी घर खरिदको लागि ऋण प्रवाह गर्दा त्यस्तो घरको अनिवार्य रुपमा स्थानीय तहबाट नक्सा पास भएको हुनु पर्नेछ । साथै दर्तावाला प्राविधिक वा मूल्यांकनकर्ताबाट खुद मूल्य निर्धारण गरिएको हुनुपर्दछ । यसरी घर खरिद ऋण प्रवाह गर्दा कुल लागतको ८० प्रतिशत भन्दा बढि हुने गरी लगानी गरिने छैन ।
ग) जग्गा तथा घडेरी खरिद ः व्यक्तिगत आवास तथा उत्पादन प्रयोजनको लागि जग्गा तथा घडेरी खरिद गर्न प्रदान गरिने ऋणलाई जग्गा तथा घडेरी खरिद ऋण भनिनेछ । व्यापारिक प्रयोजनको लागि घर तथा जग्गा खरिद गर्न भने यस शिर्षकमा ऋण लगानी गरिने छैन । यस्तो उद्देश्यमा ऋण प्रवाह गर्दा कुल लागतको अधिकत्तम ८० प्रतिशत सम्म गर्न सकिनेछ । ऋणीको नाममा नभई दोश्रो वा तेश्रो पक्षमा स्वामित्व प्राप्त हुने भएमा यस्तो ऋण प्रदान गरिने छैन ।
घ) घरायसी सामानहरु खरिद ः सदस्यको आफ्नो व्यक्तिगत तथा पारिवारिक प्रयोजनको लागि टेलिभिजन, कम्प्युटर, फर्निचर, गरगहना जस्ता सुविधाका सामान तथा उपकरण खरिदका लागि प्रदान गरिने ऋणलाई ‘सुविधाका सामान तथा उपकरण खरिद ऋण’ भनिनेछ । यस्तो ऋण दुईवर्ष भन्दा लामो अवधिको लागि प्रदान गरिने छैन । यस्तो ऋणमा व्याजदर संस्थामा कायम रहेको उच्च दर बराबर निर्धारण गरिनेछ । यस्तो प्रकारको ऋणलाई निरुत्साहित गरी धन आर्जन गर्ने बचतलाई प्राथमिकता दिइनेछ ।
ङ) सवारी साधन खरिद ऋण ः यस्तो ऋण व्यक्तिगत तथा सार्वजनिक भाडामा सञ्चालन गर्ने सवारी साधन खरिदको लागि प्रदान गरिनेछ । सवारी साधनको कुल लागतको बढिमा ६० प्रतिशत सम्म लगानी गरिने यस ऋणमा सुरक्षणको रुपमा अन्य स्थिर सम्पत्ती (घर, जग्गा) बाहेक सोही साधन समेत संस्थाको नाममा समेत स्वामित्व सहित राखिनेछ । सवारी साधनको तेश्रो पक्ष बीमा, दुर्घटना बीमा, करचुक्ता र सार्वजनिक साधनको हकमा रुट सञ्चालन स्वीकृति समेत अनिवार्य रुपमा गर्नु पर्नेछ । यस्तो ऋण दुई पांग्रे साधनको हकमा बढिमा दुई वर्ष, तीन पांग्रे सार्वजनिक साधनको हकमा बढिमा ६ वर्ष, चार पांग्रे साधनको हकमा बढिमा १० वर्ष अवधिको लागि लगानी गर्न सकिनेछ । यस्तो साधनको बीमा लगायतका अन्य नियमित कानुनी दायित्व भुक्तानीको लागि आवश्यक रकम ऋणीको छुट्टै बचत खातामा जम्मा गर्न लगाइनेछ ।
क) सामाजिक ऋण ः विवाह, व्रतवन्ध, न्वारन, पास्नी, मृत्यु संस्कार तथा यस्तै प्रकारका अन्य सामाजिक कार्यका लागि प्रदान गरिने ऋणलाई ‘सामाजिक ऋण’ भनिनेछ । यस्तो ऋण बढिमा दुई वर्ष अवधिको लागि प्रदान गरिनेछ । मृत्यु बाहेकका अन्य कार्यमा ऋण माग गर्ने सदस्यले सामाजिक सुरक्षा प्रयोजनका लागि संस्थाले सञ्चालन गरेको कम्तिमा एक प्रकारको बचत सेवामा सहभागि भएको हुनुपर्नेछ । यस्तो ऋणमा व्याज निर्धारण गर्दा औसत व्याजदर भन्दा कम नहुने गरी निर्धारण गरिनेछ । यस्तो प्रकारको ऋणलाई निरुत्साहित गरी सम्बन्धित उद्देश्यलाई पुरा गर्ने खालका बचतलाई प्राथमिकता दिइनेछ ।
ख) धार्मिक कार्य ः धार्मिक भ्रमण वा धार्मिक कार्य सम्पन्न गर्नका लागि प्रदान गरिने ऋणलाई सांस्कृतिक संबद्र्धन ऋण भनिनेछ । यस्तो ऋण माग गर्ने सदस्यले अनिवार्य रुपमा तिर्थाटन बचत वा अन्य धार्मिक प्रयोजनका लागि संस्थाले सञ्चालनमा ल्याएका बचत सेवामा सहभागि भएको हुनु पर्नेछ । यस्तो ऋण प्रवाह गर्दा सोही उद्देश्यको लागि कम्तिमा ६ महिनादेखि लगातार बचत गरेको सदस्यलाई उसको खातामा रहेको बचतमा दुई गुणासम्म धितो सुरक्षणमा ऋण प्रदान गर्न सकिनेछ । यस्तो प्रकारको ऋणलाई निरुत्साहित गरी सम्बन्धित उद्देश्यलाई पुरा गर्ने खालका बचतलाई प्राथमिकता दिइनेछ ।
ग) खरखाँचो तथा घरखर्च ऋण ः सदस्यको घरायसी व्यवहारमा आईपर्ने दैनन्दीय आवश्यकता परिपूर्ति गर्न प्रदान गरिने ऋणलाई ‘खरखाँचो तथा घर खर्च ऋण’ भनिनेछ । यस्तो ऋण समुह जमानत, बचत धितो वा स्थिर सम्पत्ती धितोमा लिई तुरुन्त प्रवाह गर्न सकिनेछ । तर यस्तो ऋण एकजना सदस्यलाई एकै वर्षमा एकपटक भन्दा बढि गरिने छैन । यस्तो ऋण लगानी गर्दा ऋण मागकर्ता सदस्यको नियमित बचतमा भएको रकमको ५० प्रतिशत वा रु. ५००००÷– मध्ये कम हुन आउने रकमसम्म मात्र लगानी गरिनेछ । ऋणको व्याज औसत व्याजदर बराबर हुने गरी कायम गरिनेछ । यस्तो प्रकारको ऋणलाई निरुत्साहित गरी सम्बन्धित उद्देश्यलाई पुरा गर्ने खालका बचतलाई प्राथमिकता दिइनेछ ।
घ) आपतकालीन ऋण ः कुनै सदस्य वा निजको एकाघरको कुनै व्यक्ति बिरामी भई औषधी उपचार गर्नु पर्ने भएमा वा निज वा निजको संरक्षणमा रहेका कसैको मृत्यु भई काजकिरिया गर्नुपर्ने भएमा वा दैवी विपत्ति परेमा प्रदान गरिने ऋणलाई ‘आपतकालीन ऋण’ भनिनेछ । यस्तो ऋण एकजना सदस्यलाई वर्षमा एक पटकसम्म मात्र लगानी गर्न सकिनेछ । यस्तो ऋणको अवधि बढिमा ६ महिनासम्मको हुनेछ भने बचतको अधिकतम व्याजदरमा १ प्रतिशत भन्दा बढि नहुने गरी व्याज निर्धारण गरिनेछ ।
ङ) समुह जमानी ऋण ः सदस्यहरुको सामुहिक जमानीमा बसेर यो ऋण प्रदान गरिनेछ । ७०० कित्ता भन्दा माथि शेयर कित्ता भएको ३ जना धन जमानी बसी प्रदान गरिनेछ । यो ऋणको रकम अधिकतम रु. ५००,०००÷– (पाँच लाख मात्र) सम्म मात्र हुनेछ । रु. २,००,०००÷–सम्मको शेयर भएको सदस्यलाई रु. २,००,०००÷– सम्मको ऋण विना धितो र जमानी दिन सकिनेछ । यदि रु. २,००,०००÷– सम्म छैन तर रु. २,००,०००÷– चाहिने भएमा कति चाहिएको त्यो बराबरको शेयर कित्ता भएको व्यक्ति जमानी बसी ऋण दिन सकिनेछ ।
क) वैदेशिक रोजगार ऋण ः नेपाल सरकारको श्रम स्वीकृतिको आधारमा रोजगारीको लागि विदेश जाने सदस्य, सदस्यका आश्रित वा अभिभावकलाई सो वैदेशिक रोजगारीमा जाँदा लाग्ने राहदानी (पासपोर्ट), प्रवेशाज्ञा (भीषा), स्वास्थ्य परिक्षण (मेडिकल) जस्ता कानुनी प्रक्रिया पुरा भई कागजात प्राप्त भएको आधारमा अधिकतम हवाई टिकट र कानुन बमोजिम बुझाउनु पर्ने अन्य शुल्क वापतको रकम ऋण लगानी गर्न सकिनेछ । यसरी वैदेशिक रोजगारीमा जाने व्यक्तिको अनिवार्य रुपमा जीवन बीमा गरेको प्रमाण पेश गर्नु पर्नेछ । यस्तो ऋण बढीमा १० वर्ष (ऋणको रकम र तिर्न सक्ने क्षमताको आधारमा) अवधिको लागि मात्र लगानी गरिनेछ ।
आवधिक रसिद धितो कर्जा वा बचतको आधारमा यस्तो प्रकारको ऋणमा सदस्यको आवधिक रसिदलाई वा बचतलाई आधार मानी उक्त रसिदको ९० प्रतिशत र आवधिक रसिदको म्यादलाई मान्ने हुने गरी ऋण प्रवाह गर्न सकिनेछ । अन्य बचतको हकमा ऋण अवधिसम्म उक्त बचत खाताबाट बचत निकालन नमिल्ने गरी बनाई ऋण दिइने छ । यस्तो ऋण सेवा शुल्क लाग्ने छैन । फर्म शुल्क मात्र लाग्ने छ ।